Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार

भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार


  • 4.8K
    Shares

    भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई श्री पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिएका छन्।

    लामिछानेले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धको प्रतीकस्वरूप पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार प्रदान गरेको जनाइएको छ।

    श्री पशुपतिनाथ मन्दिर नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको यस मन्दिरको प्रतिकृति उपहारले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।

    उपहार हस्तान्तरणको अवसरमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा समेत चर्चा भएको बताइएको छ।

    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - १०:०७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij