Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ट्रेड युनियन खारेज विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

ट्रेड युनियन खारेज विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा


  • 890
    Shares

    ट्रेड युनियन खारेज विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा
    images

    काठमाडौं । निजामती कर्मचारीहरूका पेसागत सङ्गठन तथा ट्रेड युनियन खारेज विरुद्ध परेको रिटमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । 

    नेपाल निजामती कर्मचारी सङ्गठनकी अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा.नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलसहितको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । 

    सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी,शिक्षक तथा अन्य सरकारी सङ्घ संस्थामा रहेका ट्रेड युनियनहरू खारेज गरेको थियो । निजामती सङ्गठनहरूले संविधानले दिएको अधिकार खोसिएको भन्दै रिट दायर गरेका थिए ।   

     

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १६:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij