Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रवि लामिछाने र नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै

रवि लामिछाने र नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै


  • 946
    Shares

    रवि लामिछाने र नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् । लामिछानेले भारत भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न लागेका हुन् ।  

    यसअघि मंगलबार रविले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता गरेका थिए । भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा रवि र नीतिनबीच भेटवार्ता भएको थियो । भेटमा रवि र नवीनबीच राजनीतिमा जेनजीको बढ्दो भूमिका र सम्भावना, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भविष्यको नेतृत्वलाई आकार दिने बारेमा छलफल भएको थियो । 

    रविलाई भाजपाले रेड कार्पेटसहित भव्य स्वागत गरेको थियो ।  

    पाँच दिने भ्रमणका लागि लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार भारत पुगेका थिए ।  रवि यही जेठ २२ गते स्वदेश फर्कनेछन् ।

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - ०५:४६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij