Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापर्दै एमाले अध्यक्ष ओली

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापर्दै एमाले अध्यक्ष ओली


  • 1.1K
    Shares

    निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापर्दै एमाले अध्यक्ष ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। चुनाव सकिएयता कुनै पनि सार्वजनिक मञ्चमा नदेखिएका ओली एमाले केन्द्रीय संगठन विभागको आयोजनामा हुन लागेको राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेका हुन्।

    एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार अध्यक्ष ओलीले जेठ २० र २१ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्ने तय भएको छ। कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने भएको छ।

    विगत केही महिनादेखि राजनीतिक रूपमा मौन रहेका पूर्वप्रधानमन्त्री ओलीको यस उपस्थितिलाई एमाले वृत्त र नेपाली राजनीतिमा निकै चासोका साथ हेरिएको छ। कार्यशालाको उद्घाटन सत्रमा ओलीले समसामयिक राजनीतिक अवस्था र पार्टीको भावी दिशाबारे विशेष सम्बोधन गर्ने बुझिएको छ।   

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १२:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij