Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मे महिनामा मात्रै नेपाल भित्रिए १ लाख २ हजार पर्यटक

मे महिनामा मात्रै नेपाल भित्रिए १ लाख २ हजार पर्यटक


  • 2.4K
    Shares

    मे महिनामा मात्रै नेपाल भित्रिए १ लाख २ हजार पर्यटक
    images

    काठमाडौं । पछिल्लो एक महिनामा नेपालमा १ लाख २ हजार भन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२६ को मे महिनामा नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक वृद्धि देखिएको हो ।

    मे महिना कुल १ लाख २ हजार ६ सय २६ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  यो संख्या गत वर्ष सन् २०२५ को मे महिनाको तुलनामा १९ प्रतिशतले बढी हो । 

    यो पर्यटन आगमन दर कोभिड-१९ पूर्वको सामान्य वर्ष सन् २०१९ को सोही महिनाको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को मे महिनामा ७८ हजार ३ सय २९ पर्यटक आएकोमा अहिलेको तथ्याङ्कले १३१ प्रतिशतको ‘रिकभरी’ दर देखाएको छ ।

    पर्यटक आगमनको स्रोत देशहरूलाई हेर्दा छिमेकी मुलुक भारतको हिस्सा सबैभन्दा ठुलो छ । मे महिनामा भारतबाट मात्रै ४० हजार ७ सय ८२ जना पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको झन्डै ४० प्रतिशत हो। 

    भारतपछि दोस्रो स्थानमा चीन रहेको छ, चीनबाट ११ हजार ५ सय १४ जना पर्यटक आएका छन् भने तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका ९ हजार १ पर्यटकका साथ उभिएको छ । दक्षिण एसियाली मुलुक बङ्गलादेशबाट ५ हजार २ सय ९८, संयुक्त अधिराज्य (३,३७५), अष्ट्रेलिया (२,८७०), मलेसिया (२,८५७), जापान (१,७५६), रुस (१,५५०) र जर्मनी (१,५४८) रहेका छन् ।

    कुल पर्यटकमध्ये ४७.२ प्रतिशत अर्थात् ४८ हजार ४ सय ६१ जना सार्क मुलुकहरूबाट आएका छन् । सार्क क्षेत्रपछिको ठुलो हिस्सा एसियाका अन्य मुलुकहरूको रहेको छ ।  जहाँबाट १९.९ प्रतिशत (२०,४६२ जना) पर्यटक आएका छन् ।

    युरोपेली मुलुकहरूबाट १३.१ प्रतिशत (१३,४४० जना) र अमेरिका महादेशबाट १०.३ प्रतिशत (१०,६१८ जना) पर्यटकले नेपाल भ्रमण गरेका छन्। यसबाहेक ओसेनियाबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत र अफ्रिकाबाट ०.३ प्रतिशत पर्यटकको आगमन भएको छ। गत वर्षको तुलनामा सार्क क्षेत्रबाट हुने आगमनमा ३३.५ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ।

     

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - ११:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij