Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सीमाबारे बोलेकोमा प्रधानमन्त्री बालेनलाई भारतीयविज्ञ मुनीले दिए बधाई

सीमाबारे बोलेकोमा प्रधानमन्त्री बालेनलाई भारतीयविज्ञ मुनीले दिए बधाई


  • 1.1K
    Shares

    सीमाबारे बोलेकोमा प्रधानमन्त्री बालेनलाई भारतीयविज्ञ मुनीले दिए बधाई
    images

    काठमाडौं । नेपालको प्रतिनिधिसभा बैठकमा नेपालले भारतको धेरै जग्गा मिचेको बताएको भन्दै भारतीयविज्ञ एसडी मुनीले काठमाडौं । वालेन्द्र शाहलाई बधाई दिएका छन् । भारतका नेपालविज्ञ मुनीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

    ‘नेपालले सुस्तामा भारतीय भू–भाग ओगटिरहेको अवस्था रहेको उनको स्वीकारोक्ति उल्लेखनीय छ’ भन्दै मुनीले बधाई दिएका छन् ।

    मुनीले लेखेका छन्, ‘अनौपचारिक रूपमा स्वीकार गरिँदै आएको तर सार्वजनिक रूपमा कमै चर्चा हुने विषयलाई साहसपूर्वक स्वीकार गरेकाले प्रधानमन्त्री बालेन शाह बधाईका पात्र छन् । नदीको धार परिवर्तन भएपछि नेपालले सुस्तामा भारतीय भू–भाग ओगटिरहेको अवस्था रहेको उनको स्वीकारोक्ति उल्लेखनीय छ । तर, यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने उनको प्रयास भने अन्ततः प्रतिकूल साबित हुन सक्छ ।’

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - ०५:२६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij