Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अत्याधिक गर्मीका कारण विद्यालयमै विद्यार्थीहरू बेहोस

अत्याधिक गर्मीका कारण विद्यालयमै विद्यार्थीहरू बेहोस


  • 1.1K
    Shares

    अत्याधिक गर्मीका कारण विद्यालयमै विद्यार्थीहरू बेहोस
    images

    काठमाडौं । अत्याधिक गर्मीका कारण महोत्तरीको कान्तिबजार विद्यालयका १० जना विद्यार्थी बेहोस भई अस्पताल भर्ना भएका छन्। 

    उनीहरूमा वाकवाकी लाग्ने, रिंगटा लाग्ने, गर्मीकै कारण बेहोस हुने जस्ता समस्या देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार सिंहले बताएका छन्। 

    उनीहरूमध्ये १ जनालाई प्राथमिक स्वास्थ्य उपचार केन्द्र गौशाला र अन्यलाई स्थानीयस्तरमा उपचार भइरहेको अध्यक्ष सिंहले जानकारी दिएका छन्।

    विद्यार्थीलाई तत्काल अस्पताल भर्ना गराइको र उपचारपछि उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्केका छन्। विद्यालयमा पंखा नभएको र अत्यधिक गर्मी भएकै कारण उनीहरूमा यस्तो समस्या देखिएको विद्यालय स्रोतले जनाएको छ।   

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १५:०९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij