Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कालो कोट लगाएका अराजकहरुले नै न्यायमूर्तिहरुको मर्यादा कुल्चने काम गरेको भन्दै ओलीले पोखे यस्तो आक्रोश

कालो कोट लगाएका अराजकहरुले नै न्यायमूर्तिहरुको मर्यादा कुल्चने काम गरेको भन्दै ओलीले पोखे यस्तो आक्रोश


  • 9.3K
    Shares

    कालो कोट लगाएका अराजकहरुले नै न्यायमूर्तिहरुको मर्यादा कुल्चने काम गरेको भन्दै ओलीले पोखे यस्तो आक्रोश

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोट लगाएका अराजक व्यक्तिहरुले न्यायमूर्तिहरुको मर्यादा कुल्चने काम गरेको टिप्पणी गरेका छन् ।

    सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानून व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश व्यक्त गर्दै अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा कुल्चने काम गरेको टिप्पणी गरेका हुन् ।

    वकिलहरूले न्यायाधीश तय गर्ने हो भने कस्तो न्यायिक सिस्टम तय गर्छौ भन्ने प्रश्न सिर्जना भएको उहाको भनाइ छ । त्यस्तै आफूले प्रक्रिया पुर्याएरै प्रतिनिधिसभा विघटन गरेकाले विपक्षीहरु अदालतमा गएर केही नहुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमार्फत जनतामा जान्छु भन्नु प्रतिगमन नहुने जिकिर गरे ।

    त्यस्तै प्रधानमन्त्री ओलीले भोटका लागि पपुलिस्ट र घटिया काम सरकारले नगर्ने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले केहि दलले दल विभाजन र कीर्ते काम गरिरहेको भन्दै कीर्ते कागजका भरमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी भएको आरोप लगाए ।

     

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १९:४६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij