Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रियसभा बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक २० मिनेटका लागि स्थगित


  • 771
    Shares

    राष्ट्रियसभा बैठक २० मिनेटका लागि स्थगित
    images

    काठमाडौं । एकघण्टा ढिला गरी सुरु भएको राष्ट्रियसभा बैठक २० मिनेटको लागि स्थगित भएको छ । आगामी आर्थिक वर्षका लागि शुक्रबार दुवै सदनको संयुक्त बैठकमा बजेट पेस भएपछि आज संसद्को बैठक बसेको थियो ।

    राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

    प्रधानमन्त्री शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यतालिका तय भएको छ ।

    उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

     

     

     

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १२:४९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij