Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राष्ट्रिय सभा उपनिर्वाचनमा फेरी ओलीलाई झड्का, लुम्बिनीमा पाण्डे विजयी

राष्ट्रिय सभा उपनिर्वाचनमा फेरी ओलीलाई झड्का, लुम्बिनीमा पाण्डे विजयी


  • 6.4K
    Shares

    राष्ट्रिय सभा उपनिर्वाचनमा फेरी ओलीलाई झड्का, लुम्बिनीमा पाण्डे विजयी

    लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन्।

    पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डे प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मतका साथ विजयी भएको जनाइएको छ । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केही बेरमा गर्दैछ ।

    कांग्रेसका  उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए । खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ दिएको थियो ।  निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

    बिहान ९ बजे मतदान सुरु भएको थियो । जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर जबराले चुनाव बहिष्कार गरेका थिए भने अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौँमा रहेकाले मतदान अनुपस्थित भए ।

    नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका थिए ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १९:०८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij