Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संवैधानिक इजलास विवाद - ‘प्रश्न उठेका’ दुई न्यायाधीशले इजलास नछाड्ने

संवैधानिक इजलास विवाद - ‘प्रश्न उठेका’ दुई न्यायाधीशले इजलास नछाड्ने


  • 5.4K
    Shares

    संवैधानिक इजलास विवाद - ‘प्रश्न उठेका’ दुई न्यायाधीशले इजलास नछाड्ने

    काठमाडौं । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने भन्ने विपक्षी कानून व्यवसायीहरुको दबाबपछि भएको बहसमाथि आन्तरिक छलफल भए पनि इजलासमै एक मत नभएपछि आज कुनै आदेश जारी भएन ।

    संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच बेग्ला-बेग्लै छलफल भए पनि कुनै आदेश जारी नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

    प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सर्वोच्च अदालतबाट बाहिरिएका छन् । स्रोतका अनुसार भोलि संवैधानिक इजलासमै यसबारे आदेश सुनाइनेछ ।

    विपक्षीले इजलासमा बस्न नमिल्ने भनेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू कुनै वकिलले भनेका भरमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् ।

    स्रोतका अनुसार वरिष्ठतम न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले फरक मत राखेका छन् ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १६:१९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij