Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मन्दिर जलाउने घोषण गर्ने परियारविरुद्ध थप ४ दिन हिरासतमा राख्न अनुमति

मन्दिर जलाउने घोषण गर्ने परियारविरुद्ध थप ४ दिन हिरासतमा राख्न अनुमति


  • 876
    Shares

    मन्दिर जलाउने घोषण गर्ने परियारविरुद्ध थप ४ दिन हिरासतमा राख्न अनुमति
    images

    काठमाडौं । मठ,मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ घर भएका परियारलाई अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् । 

    शुक्रबार टोखाबाट पक्राउ परेका परियार विरुद्ध प्रहरीले धार्मिक भावनामा आघात पुर्‍याउनु नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । 

    २७ वर्षीय परियारले अनामनगरस्थित संवाद डबलीमा बोल्दै ‘मठ मन्दिरमा आगो लगाइदिन्छौँ’ भनेका थिए । उनले समान अधिकार नभएर देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए ।  

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १५:५२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij