२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मधेस प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकारका मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । २७ पृष्ठमा समेटेर ल्याएको आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।
जसमा ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राखिएको छ । ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै यसको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij