Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राष्ट्रियसभा उपनिर्वाचन : प्रदेशको सबै मत खस्यो, स्थानीय तहको ८ मत खस्न बाँकी

राष्ट्रियसभा उपनिर्वाचन : प्रदेशको सबै मत खस्यो, स्थानीय तहको ८ मत खस्न बाँकी


  • 7.9K
    Shares

    राष्ट्रियसभा उपनिर्वाचन : प्रदेशको सबै मत खस्यो, स्थानीय तहको ८ मत खस्न बाँकी

    काठमाडौं । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशको दाङको घोराहीमा जारी निर्वाचनमा प्रदेशसभा सदस्य सबै जनाको मत खसेको छ। प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशका ८३ सदस्य सबैको मत खसेको छ।

    स्थानीय तहका प्रमुखरउपप्रमुख ८ जनाको मत खस्न बाँकी छ। स्थानीय तहका २१७ मतमध्ये २०९ मत खसिसकेको छ।

    उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेससहितको गठबन्धनका दिर्घनारायण पाण्डे चुनावी मैदानमा छन्। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ।

    प्रदेशसभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउनेछन्।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १४:२९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij