२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको छलफल सकिएको छ ।
सरकारसँग आफूहरुले राखेका अधिकांश मागहरु पुरा भएको भन्दै सरकारमा सहभागी हुने तयारी जसपाले गरेको हो । सोही विषयमा छलफल गर्न नेताहरु आज प्रधानमन्त्री ओलीसँग वार्ता बालुवाटार पुगेका थिए ।
वार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले सरकारमा जाने सहमति भएको बताए । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रा काम गरिदिएको छ । सुरुदेखि नै सरकारमा आउनुस् भन्नुभएको थियो, आजको छलफलमा हुन्छ भनेका छौँ,’ कर्णले भने ।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बिहान १० बजे बालुवाटार पुगेका थिए । कर्णका अनुसार दुई बजेसम्म चलेको बैठकमा सरकारमा सहभागिता र मुद्दा टुंग्याउने विषयमा छलफल भएको थियो ।
ओलीले जसपालाई आठ मन्त्रालय र दुई राज्यमन्त्री दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार एक दुई दिनमै सहभागी हुने विषयमा टुंगो लाग्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij