Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

छोरा खोज्दै रुस पुगेका बाबु रित्तो हात फर्किए, शव बिना नै गरे अन्त्येष्टि

छोरा खोज्दै रुस पुगेका बाबु रित्तो हात फर्किए, शव बिना नै गरे अन्त्येष्टि


  • 1.0K
    Shares

    छोरा खोज्दै रुस पुगेका बाबु रित्तो हात फर्किए, शव बिना नै गरे अन्त्येष्टि
    images

    काठमाडौं । रुसी सेनामा भर्ती भई युक्रेन विरुद्धको युद्धका क्रममा सम्पर्कविहीन भएका नुवाकोटको पञ्चकन्या गाउँपालिका-१ आँपचौरका २३ वर्षीय युवा दिनेश राईको शव विना नै अन्त्येष्टि गरिएको छ। लामो समयदेखि बेपत्ता रहेका दिनेश युद्धमा मारिएको निश्चित भएपछि परिवारले आश मारेर बुधबार स्थानीय तथा धार्मिक परम्पराअनुसार उनको कुशको शव बनाएर दाहसंस्कार गरेको हो।

    एथलेटिक्समा बागमती प्रदेशभरिकै उत्कृष्ट खेलाडी रहेका दिनेशले पहिल्यैदेखि ब्रिटिस वा कुनै विदेशी सेनामा भर्ती हुने सपना पालेका थिए। १२ कक्षामा अध्ययन गर्दागर्दै केही व्यक्तिले उनलाई ‘फ्रान्सको आर्मीमा भर्ती गराइदिने र राम्रो कमाई हुने’ प्रलोभन देखाएका थिए।

    छोराको भविष्य राम्रो हुने आशामा बाबु रामजी राईले ऋण खोजेर सन् २०२३ मा दिनेशलाई विदेश पठाएका थिए। तर, फ्रान्स भनिएका दिनेश परिस्थिति कतिबेला बदलियो पत्तै नपाई रुस पुगेर रसियन सेनामा भर्ती हुन पुगे। सुरुवाती दिनमा कमाइ र बसाइ राम्रो भएको भन्दै दिनेशले घरमा कुरा गर्ने गरे पनि केही समयपछि उनीसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भयो।

    महिनौंसम्म कुनै खोजखबर नआएपछि छटपटिएका बाबु रामजी छोराको खोजीका लागि गत कात्तिक महिनामा आफैं रुस पुगेका थिए। ५ महिनासम्म निरन्तर भौंतारिएपछि अन्ततः उनले आफ्नो छोरा दिनेशको युद्धका क्रममा मृत्यु भइसकेको कठोर सत्य सुन्नुपर्‍यो। सन्तान ब्युँताउने वा कम्तीमा पार्थिव शरीर लिएर फर्कने उनको चाहना अधुरै रह्यो। वियोग, पीडा र आँशु बोकेर जेठ १० गते नेपाल फर्किएका रामजीले छोरा फेरि कहिल्यै नफर्कने निश्चित भएपछि परिवारसहित अन्तिम संस्कार गरेका छन् ।   

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १४:२७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij