Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात

साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात


  • 1.2K
    Shares

    साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात
    images

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात रहेको बताएका छन् । 

    बुधवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले चालु आर्थिक वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको संकट, बजेट अभाव र बन्दरगाह क्षमताको समस्याका कारण पर्याप्त मल आयात गर्न नसकिएको बताएका हुन् । उनले कम्पनीले चालु आर्थिक वर्षमा करिव १ लाख २६ हजार मेट्रिकटन रासायनिक मल विक्री गरेको जानकारी दिएका छन् । 

    हाल साल्ट ट्रेडिङसँग करिव ३९ हजार मेट्रिक टन मल मौज्दात रहेको र आगामी दिनमा पनि आपूर्ति निरन्तर राख्ने तयारी भइरहेको बताएका छन् । उनले कृषि मन्त्रालयले हरेक वर्ष पुस महिनामै आगामी वर्षको मल खरिद कार्यक्रम र टेण्डर प्रक्रिया शुरु गर्ने गरेपनि बजेट रकमका आधारमा विनियोजन हुँदा समस्या भएको बताएका छन् । उनका अनुसार सरकारले २० अर्ब वा २८ अर्ब भनेर रकम तोक्छ, तर अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार आउने मलको परिमाण घटबढ हुनसक्छ । 

    सरकारले ५ लाखदेखि ६ लाख टन मल आपूर्तिको लक्ष्यसहित बजेट व्यवस्था गरेमा मल व्यवस्थापन सहज हुने उनको भनाई छ । उनले आर्थिक वर्ष २०८३\८४ का लागि कृषि मन्त्रालयले करिव २० अर्ब रुपैयाँ बराबरको कार्यक्रम अन्तर्गत ९५ हजार मेट्रिक टन मल खरिदको प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका छन् । यस अन्तर्गत ३० हजार टन डीएपीको टेन्डर गरि खरिद सम्झौता भइसकेको छ भने ३० हजार टन युरियाको टेण्डर प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिएका छन् । 

    उनले थप ३० हजार टन मलका लागि प्राविधिक प्रश्ताव खोलिएको र केही दिनमै मूल्य प्रश्ताव खोलिने बताएका छन् । एमओपी (पोटास) तर्फ ५ हजार टनको टेण्डर प्रक्रिया पूरा भइसकेको उनको भनाई छ । त्यसमध्ये २ हजार ५ सय टन नेपाल आइसकेको र बाँकी २ हजार ५ सय टन ढुवानी प्रक्रियामा रहेको जानकारी दिएका छन्।
     
    उनका अनुसार आगामी असार मसान्तसम्म ३० हजार टन युरिया नेपाल आइपुग्ने मौखिक आश्वासन आपूर्तिकर्ताबाट प्राप्त भएको छ । उक्त मल समयमै आइपुगे हाल मौज्दातमा रहेको ३९ हजार टनसँगै करिब ७० हजार मेट्रिक टन मल बजारमा पठाउन सकिने अवस्था बन्ने उनले बताएका छन् ।   

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १४:०१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij