Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम


  • 5.1K
    Shares

    नेप्सेसँगै घट्यो कारोबार रकम
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९.२४ अंकले घटेर २,७७७ को विन्दुमा कायम भएको छ । 

    आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ । 

    दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। बाँकी उपसमूहको परिसूचक भने यस दिन सामान्य घटेको छ।

    कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.२३ प्रतिशत बढेको छ। सो कम्पनी गत शुक्रबार नेप्सेमा सूचीकृत भइ आजदेखि नियमित दोस्रो बजारमा कारोबारमा आएको हो। आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको १४ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    share.JPG

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १५:२९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij