Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सानिगाड हाइड्रोको आइपीओ निष्काशन मिति परिवर्तन

सानिगाड हाइड्रोको आइपीओ निष्काशन मिति परिवर्तन


  • 5.1K
    Shares

    सानिगाड हाइड्रोको आइपीओ निष्काशन मिति परिवर्तन
    images

    काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आइपीओ निष्काशन मिति परिवर्तन भएको छ । कम्पनीले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्न लागेको आइपीओमा आवेदन दिने मिति परिवर्तन भएको हो । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

    नेपाल सरकारले सो दिन बकर ईदको सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कम्पनीले निष्काशन मिति परिवर्तन गरेको जनाएको छ । कम्पनीले अब जेठ १८ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ। 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

    कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

    उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुनेछ।

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १५:०९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij