Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बस्ती हटाउने सूचनाविरुद्ध कालापानीवासी आन्दोलित, बीपी राजमार्ग १८ घण्टादेखि अवरुद्ध

बस्ती हटाउने सूचनाविरुद्ध कालापानीवासी आन्दोलित, बीपी राजमार्ग १८ घण्टादेखि अवरुद्ध


  • 533
    Shares

    बस्ती हटाउने सूचनाविरुद्ध कालापानीवासी आन्दोलित, बीपी राजमार्ग १८ घण्टादेखि अवरुद्ध
    images

    काठमाडौं । सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि आन्दोलनमा उत्रिएका महोत्तरीको बर्दिबास-३ कालापानी क्षेत्रका स्थानीयवासीसँग स्थानीय प्रशासनले वार्ता सुरु गरेको छ। अहिले कालापानीको सामुदायिक भवनमा संघर्ष समिति र स्थानीय प्रशासनबिच वार्ता भइरहेको प्रहरीले जनाएको हो। 

    डिभिजन वन कार्यालय महोत्तरीले कालापानीको बीपी राजमार्ग आसपासको बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासी सोमबार साँझदेखि नै सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन्। 

    स्थानीयको अवरोधको कारण कालापानी क्षेत्रमा सोमबार साँझ पाँचबजेदेखि नै यातायात अवरुद्ध छ। प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि गतराति स्थानीयले डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगोसमेत लगाएका थिए।

    वार्तामा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिना, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी, संघर्ष समितिका पदाधिकारी र स्थानीयवासी सहभागी छन्।    

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १२:५५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij