Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा २७ अंकको वृद्धि, करिब ६ अर्बको कारोबार

शेयर बजारमा २७ अंकको वृद्धि, करिब ६ अर्बको कारोबार


  • 3.5K
    Shares

    शेयर बजारमा २७ अंकको वृद्धि, करिब ६ अर्बको कारोबार
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबा्र शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २७.८५ अंकले बढेर २,७८६ को विन्दुमा कायम भएको छ । 

    आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड माथिको शेयर कारोबार भएको छ । 

    त्यस्तै बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ तथा व्यापार ०.३२ प्रतिशत बढेको छ ।

    आज मूल्य धेरै बढेका पाँच कम्पनीमा सबै जलविद्युत् समूहका रहेको छ  । थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०१ प्रतिशत बढेको छ। दोस्रोमा रहेको सुपर खुदी हाइड्रोपावरको ८.३२, अपरहेवाखोलाको ५.३८, मायाखोला हाइड्रोपावरको ५.३४, रिजलाइन इनर्जीको ५.१९ प्रतिशत मूल्य बढेको छ ।

    बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १०.३२ प्रतिशत घटेको छ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.५५ प्रतिशत घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, अपी पावर, नेसनल हाइड्रोपावर र ङादी ग्रुप छन् ।  

    आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.०१ प्रतिशतका दरले कमाएका हुन् । सुपर खुदीका लगानीकर्ताले ८.३२ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ५ दशमलव ३८ प्रतिशतका दरले कमाएको छ ।

    share.JPG

     

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १५:२६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij