Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सरकारमा सहभागिताबारे प्रधानमन्त्री ओली र जसपा नेता महन्थ-राजेन्द्रबीच छलफल

सरकारमा सहभागिताबारे प्रधानमन्त्री ओली र जसपा नेता महन्थ-राजेन्द्रबीच छलफल


  • 7.6K
    Shares

    सरकारमा सहभागिताबारे  प्रधानमन्त्री ओली  र जसपा नेता  महन्थ-राजेन्द्रबीच छलफल

    काठमाडौँ । सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ ।

    बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।

    प्रधानमन्त्री अ‍ोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ । जसपाले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा आजको छलफल केन्द्रीत हुने बुझिएको छ ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - ११:०३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij