Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कञ्चनपुरमा होटल सञ्चालकमाथि आक्रमण

कञ्चनपुरमा होटल सञ्चालकमाथि आक्रमण


  • 1.6K
    Shares

    कञ्चनपुरमा होटल सञ्चालकमाथि आक्रमण
    images

    काठमाडौं । कञ्चनपुरका एक होटल सञ्चालकमाथि आक्रमण भएको छ । भीमदत्त नगरपालिका-४ महेन्द्रनरमा रहेको ग्रान्ड प्यासिफिक होटलका सञ्चालक गोविन्द चन्दमाथि आक्रमण भएको हो । 

    कञ्चनपुर प्रहरीका प्रवक्ता वीरेन्द्र थापाका अनुसार घटना शनिबार राति ९ बजेतिरको हो । आक्रमणबाट घाइते भएका चन्द उपचारपछि अहिले डिस्चार्ज भएका छन् । होटलमा बसिरहेका बेला ५\६ जनाको समूहमा आएका व्यक्तिहरूले चन्दमाथि आक्रमण गरेको देखिन्छ । 

    उक्त घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटनामा संलग्नहरू भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरू पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १३:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij