Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

डा. बाबुराम भट्टराईले पार्टी विभाजनको प्रस्ताव गर्दै भने– अब भेडा भेडासँग, बाख्रा बाख्रासँग लागौँ

डा. बाबुराम भट्टराईले पार्टी विभाजनको प्रस्ताव गर्दै भने– अब भेडा भेडासँग, बाख्रा बाख्रासँग लागौँ


  • 6.9K
    Shares

    डा. बाबुराम भट्टराईले पार्टी विभाजनको प्रस्ताव गर्दै भने– अब भेडा भेडासँग, बाख्रा बाख्रासँग लागौँ

    काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् ।

    समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् । जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले नेताहरु तानातानमा नपरी आ-आफ्नो बाटो लागौँ भन्दै पार्टी विभाजनकै प्रस्ताव गरेका हुन् ।

    अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति भएको भन्दै उनले समयले नयाँ ध्रुविकरण खोजेको ट्वीटमा उल्लेख गरेका छन् ।

    ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणका निम्ति पुरानो भत्कनैपर्छ ।’ उनले ट्वीटमा भनेका छन्,  ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रा सँग हुन दिऊँ । हात मिलाएर आ आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेट हुनेछ ।’

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १०:०२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij