Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल हस्तकला एक्स्पो सुरु

नेपाल हस्तकला एक्स्पो सुरु


  • 1.8K
    Shares

    नेपाल हस्तकला एक्स्पो सुरु
    images

    काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा शुक्रबारदेखि काठमाडौँमा नेपाल हस्तकला एक्स्पो सुरु भएको छ । हस्तकला व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने र हस्तकलाको आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको महासङ्घले जनाएको हो ।

    आगामी जेठ १० गतेसम्म बालुवाटारस्थित आम्रपालि ब्याङ्क्वेटमा चल्ने एक्स्पोमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ को अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुहरूको करिब ७० वटा स्टल राखिएका छन् । 

    यस एक्स्पोबाट स्थानीय हस्तकलाको बजार विस्तार हुने, उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्पर्क स्थापित हुने तथा मूर्त–अमूर्त कला संस्कृति एवं परम्परागत परिकारहरूको संरक्षणमा समेत ठुलो सहयोग पुग्ने विश्वास महासङ्घले लिएको छ ।

    h1.JPG

       

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १४:५१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij