Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने तयारीमा जसपाको महन्थ ठाकुर पक्ष

८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने तयारीमा जसपाको महन्थ ठाकुर पक्ष


  • 7.9K
    Shares

    ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने तयारीमा जसपाको महन्थ ठाकुर पक्ष

    जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

    जसपाले अघि सारेका माग-मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने निर्णय गरिएको ठाकुरनिकट केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए।

    महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भए जसपा औपचारिक रुपमा विभाजन हुनेछ। सकभर पार्टी विभाजन नहुनेगरी सरकारमा जानुपर्ने सुझाव आएकोले एकदुई दिन कुरेको भण्डारीले दाबी गरे।

    ‘पार्टी एकता बचाएर सरकारमा सहभागी हुन खोजेको हो,’ भण्डारीले भने । जसपालाई सरकारमा ८ वटा मन्त्रालय दिने सहमति जुटेको अर्का सांसद प्रमोद साहले बताए।

    ‘८ वटा मन्त्रालय र २ राज्यमन्त्री लिएर हामी सरकारमा जान्छौँ,’ साहले भने, ‘राजेन्द्र महतोको लिडरसिपमा सरकारमा जाने तयारी भएको छ। तर, अन्तिममा लिडरसिप परिवर्तन पनि हुनसक्छ।’

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - २०:३७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij