Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

एमसीसीसँगको सम्झौता कार्यान्वयनको लागि बजेट छुट्याउनु राष्ट्रघाती : भीम रावल

एमसीसीसँगको सम्झौता कार्यान्वयनको लागि बजेट छुट्याउनु राष्ट्रघाती : भीम रावल


  • 8.1K
    Shares

    एमसीसीसँगको सम्झौता कार्यान्वयनको लागि बजेट छुट्याउनु राष्ट्रघाती : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकी सहयोग परियोजना एमसीसीका लागि बजेट छुट्याउन राष्ट्रघात भएको टिप्पणी गरेका छन्।

    आइतबार अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन्।

    बजेटमा एमसीसीका कार्यान्वयनका लागि पनि रकम छुट्याइएको भन्दै सो बारे नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो । यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं !’

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १७:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij