Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसद विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

संसद विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा


  • 7.5K
    Shares

    संसद विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

    काठमाडौं । संसद विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले ‘हेर्दाहेर्दैमा’ राखेको छ । 

    बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएको थियो । इजलासमा उक्त विषयमाथि बहसका लागि प्रधानन्यायाधीश जबराले समय निर्धारण गरिदिएपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ९आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए ।

    संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । संवैधानिक इजलासमा गत शुक्रबारबाट संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको हो।

    बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो। सुनुवाइ सोमबार जारी रहने गरी आइतबार इजलास उठेको हो।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १६:४६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij