Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजार ३० अंकले बढ्यो, सबै सूचकमा वृद्धि

शेयर बजार ३० अंकले बढ्यो, सबै सूचकमा वृद्धि


  • 4.1K
    Shares

    शेयर बजार ३० अंकले बढ्यो, सबै सूचकमा वृद्धि
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३०.०८ अंकले बढेर २,७५४ को विन्दुमा कायम भएको छ । 

    आज २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार १.५१ प्रतिशत बढेको छ ।

    अपर लोहोरेखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । त्यस्तै माउन्टेन हाइड्रो नेपालको ११.८८, बुंगल हाइड्रोको ७.५१, शिखर पावरको ६.१२, सिटी होटलको ५.९० प्रतिशत मूल्य बढेको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशत घटेको छ । बोटलर्स नेपाल बालाजुको ३, तथा कुथेली बुखरी हाइड्रोपावरको २.०७ प्रतिशत घटेको छ । आज धेरै कारोबार भएका पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर छन् ।

    आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ११ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ११ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    share.JPG

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १५:२५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij