Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

आज सवा १७ अर्बको ट्रेजरी बोलकबोल हुदैं

आज सवा १७ अर्बको ट्रेजरी बोलकबोल हुदैं


  • 8.2K
    Shares

    आज सवा १७ अर्बको ट्रेजरी बोलकबोल हुदैं
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार रु १७ अर्ब २६ करोड रुपैयाँको ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज २ बजे बोलकोबल गरेर मंगलबार ट्रेजरी बिल जारी (इस्यु) हुने बताइएको छ । 

    राष्ट्र बैंकले ९१ दिनका लागि रू ५ अर्ब र ९१  दिनका लागि १२ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 
    गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ । 

    सरकार वा राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । यो २८, ९१, १८२ र ३६४ दिन अवधीको हुन्छ । यी बिभिन्न प्रकारका ट्रेजरी बिल राष्ट्र बैंकले निष्काशन गर्दै आएको छ । 

    ट्रेजरी बिल कुनै व्यक्ति वा वित्तिय संस्थाले बोलकबोल गरेर किन्न सक्छन् । उक्त बोलकबोल बहुबोल मूल्य विधि मार्फत गरिन्छ । साथै, ट्रेजरी बिलमा ब्याजदर भन्दा पनि सट्टा छुटदर माथि बोलकबोल हुन्छ ।

    कुनै व्यक्ति वा वित्तिय संस्थाले सरकारलाई रू १ करोडको ट्रेजरी बिल किन्दा छुट सहित ९५ लाख दिन सक्छन् । तर, पछि उनीहरुले अवधी सकिएपछि एक करोड रुपैयाँ नै पाउछन् ।

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - ११:२४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij