Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

विपक्षी गठबन्धनको विज्ञप्तिमा वरिष्ठ नेताको हैसियतमा नेपालले हस्ताक्षर गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आपत्ति

विपक्षी गठबन्धनको विज्ञप्तिमा वरिष्ठ नेताको हैसियतमा नेपालले हस्ताक्षर गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आपत्ति


  • 7.3K
    Shares

    विपक्षी गठबन्धनको विज्ञप्तिमा वरिष्ठ नेताको हैसियतमा नेपालले हस्ताक्षर गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आपत्ति

    काठमाडौं । नेकपा एमाले वरिष्ठ नेताको हैसियतमा विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा हस्ताक्षर गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले आपत्ति जनाएका छन् ।

    नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आइतबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नेपालले एमाले वरिष्ठ नेताको रुपमा हस्ताक्षर गरेका थिए ।

    सल्लाहाकार थापाले सामाजिक सञ्जाल ट्वीटरमा संयुक्त विज्ञप्ति पोस्ट गर्दै अनाधिकृत कार्यको संज्ञा भएको जनाए।

    ‘विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ । नेकपा (एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै पनि खटाएको पनि छैन ।’ थापाले ट्वीटर गरेका छन्।

     

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १५:३२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij