२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
मंगलबार विनियोजन विधेयकमाथि छलफलका क्रममा विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएको कुरा उठाएका थिए ।
रोस्टममा पुगेपछि सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाए। ‘प्रधानमन्त्री पनि नआउने, अर्थमन्त्री पनि नआउने, हामीले बोलेको अर्थ छैन,’ सांसद राईले भने, ‘अर्थमन्त्री नआउँदासम्म चुपचाप बस्छु।’
अर्थमन्त्री नआएसम्म बजेटको सिद्धान्त र प्राथमिकता बारेमा नबोल्ने बताएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij