२०८२ भाद्र २४ गते मंगलवार
क्वालालम्पुर– मलेसियामा कुकुरमा पाइने कोरानो भाइरस मानिसमा पाइएको छ । मलेशियाको एउटा अस्पतालमा भर्ना भएका निमोनियाका ८ जना विरामीमा उक्त भाइरस फेला परेको हो ।
वैज्ञानिक भाषामा यसलाई केनाइन भाइरस भनिन्छ । अन्तर्राष्ट्रिय वैज्ञानिकको एउटा समुहले उक्त कुरा पत्ता लगाएका हुन् ।वैज्ञानिकका अनुसार केनाइन भाइरस सार्स काभ–२ भन्दा फरक छ । कोरोनालाई चार भागमा बाँडिएको छ, जसलाई अल्फा, बीटा, गामा र डेल्टा भनिन्छ ।
संसारभरीमा संक्रमण फैलाउने कोरोना बीटा कोरोना भाइरस समूहसंग सम्बन्ध राख्छ भने केनाइन भाइरसको सम्बन्ध अल्फा कोरोना भाइरस समुहसंग रहेको छ ।
करीव ५० वर्षदेखि वैज्ञानिकलाई केनाइल भाइरसको जानकारी छ । रिपोर्टका अुनसार निमोनियाबाट पिडित ८ विरामीमा केनाइन भाइरस देखिएको छ ।
ती मध्ये ७ दोस्रो किसिमको भाइरसबाट पनि संक्रमित थिए, जसमा एडीनोभाइरस, इन्फ्लुएन्जा र पेराइनफ्लुएन्जा भाइरस समावेश छन् ।
वैज्ञानिकहरु भन्छन् –‘यी सबै भाइरसहरु निमोनिया हुनुको कारण पैदा हुन्, त्यसैले रोगको कारण केनाइन भाइरस हो भन्नु गलत हुन्छ ।’
मलेशियाका विरामीबाट यो अरु मानिसमा फैलन्छ कि ? भन्ने वैज्ञानिकमा त्रास उत्पन्न भएको छ ।
तर सन् २०१७ र २०१८ मा देखिएका केसहरुलाई ध्यान दिँदा उक्त संक्रमण फैलन र नयाँ महामारी बन्ने खतरा कम रहेको बताइन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij