Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम


  • 4.1K
    Shares

    नेप्सेसँगै घट्यो कारोबार रकम
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १.०३ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । 

    आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.१४, विकास बैंक ०.०३, हाइड्रोपावर ०.१६, लगानी ०.०९ तथा अन्य समूह ०.३१ प्रतिशत बढेको छ । फाइनान्स ०.०१, होटल तथा पर्यटन ०.२३, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशाधेन ०.५८, माइक्रोफाइनान्स ०.२४, निर्जीवन बीमा ०.६९ र व्यापार ०.४८ प्रतिशत घटेको छ ।

    इङवा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशत बढेको छ । त्यस्तै बुंगल हाइड्रोपावरको ६.३२, सगरमाथा जलविद्युत् कम्पनीको ३.२८ प्रतिशत बढ्यो । एसवाई प्यानलको मूल्य ३.६० प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै शासह उर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    share.JPG

     

     

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १५:३६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij