Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सांसदहरुलाई तत्काल उपलब्ध गराउन माग

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सांसदहरुलाई तत्काल उपलब्ध गराउन माग


  • 603
    Shares

    • images
    जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सांसदहरुलाई तत्काल उपलब्ध गराउन माग
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । 

    सोमवार प्रतिनिधिसभा बैठकमा शुन्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रुपमा सरकारले सार्वजनिक नगरेकोमा  आपत्ति जनाएका छन्। उनले सो प्रतिवेदन सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएका छन् ।  

    नेता केसीले भने, ‘भाद्र २३ र २४ को नरसम्हार र विध्वंशको छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृ्रत्वको जाँचबुभ आयोगको प्रतिवेदन बुझाई सकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरुलाई उपलब्ध गराईसोस भन्ने माग गर्दछु ।’  

    उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरुको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाई गर्न नहुने बताएका छन्।  

    images
    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १२:०४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij