२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । केहि समयअघि काठमाडौँमा सुकुमबासी बस्तीमाथि धमाधम डोजर चल्न थालेको थियो त्यसपछि देशका अधिकांश ठाउँमा बस्ने सुकुमबासीहरू त्रसित बनेका छन् ।
पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरिसकेको भए पनि सर्वोच्च अदालतले सुकुम्बासीलाई जबरजस्ती नहटाउन अन्तरिम आदेश दिएको छ । तर पनि देशका विभिन्न स्थानमा आन्दोलन जारी छन् ।
राष्ट्रिय भूमि आयोग कास्कीको पछिल्लो तथ्याङ्क अनुसार पोखरा महानगरभित्र कुल १९ हजार ६३४ घरधुरी भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन् । पोखरा महानगरपालिका-९ स्थित पृथ्वी चोक बसपार्क क्षेत्रमा मात्रै करिब ४ सय ७५ घरधुरी बसोबास गर्दै आएका छन् ।
पोखराभित्रका विभिन्न स्थानमा रहेका सुकुमबासीहरूले वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा स्थान खाली नगर्ने अडान लिएका छन्। इतिहास अनुसार २०३२ सालमा पृथ्वी चोक बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि उक्त क्षेत्रमा सुकुमबासीहरूको बसोबास सुरु भएको हो ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij