Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको बैठक बस्दै, महत्वपूर्ण निर्णय लिने

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको बैठक बस्दै, महत्वपूर्ण निर्णय लिने


  • 6.9K
    Shares

    सुदूरपश्चिममा कांग्रेस संसदीय दलको बैठक बस्दै, महत्वपूर्ण निर्णय लिने

    धनगढी । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नेपाली कांग्रेसले आज दिउसो २ बजे बैठक दलको बैठक बोलाएको हो ।

    गत शुक्रवार प्रदेश सरकारमा पुनर्गठित मन्त्रीमण्डल लगायत अन्य विभिन्न विषयमा छलफल तथा निर्णय गर्नका लागि बैठक बोलाइएको कांग्रेस संसदीय दल सुदूरपश्चिमले जनाएको छ ।

    कोरोना महामारी नियन्त्रणमा उदासिन बनेको प्रदेश सरकार सत्ता जोगाउन तर्फ मात्रै लागिरहेको सुदूरपश्चिम नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए ।

    अहिले प्रदेशका आमा नागरिक अक्सिजन अभावमा तड्पिरहे पनि सरकारको ध्यान भने आफ्नै कुर्चीतर्फ मात्रै गएको आरोप उनको छ ।

    तीन वर्ष फुर्सदमै विताएको प्रदेश सरकारले महामारी नियन्त्रण गर्नका लागि अस्पतालमा वेडको समेत व्यवस्था गर्न नसकेको संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले बताए ।

    यस्तो अवस्थामा पनि सरकार गम्भीर नबनेका कारण केही महत्वपुर्ण निर्णय गर्नका लागि बैठक बोलाएको उनले बताए ।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - ११:५२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij