Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

नेपाली कांग्रेस पार्टी विभाजनको डिलमा छ : पूर्णबहादुर खड्का

नेपाली कांग्रेस पार्टी विभाजनको डिलमा छ : पूर्णबहादुर खड्का


  • 1.1K
    Shares

    • images
    नेपाली कांग्रेस पार्टी विभाजनको डिलमा छ : पूर्णबहादुर खड्का
    images

    काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व कार्यबहाक सभापति खड्काले पार्टी विभाजनको डिलमा रहेको बताए।

    आफूसँग भेट गर्न आएका बेला सिंगो पार्टीको सभापति बन्न आग्रह गरेको उल्लेख गर्दै अहिले पनि पार्टी सभापति गगन थापा सानेपाको मात्रै सभापति रहेको खड्काको भनाइ थियो। गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको उनले बताए ।

    उनले तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए।

    ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ खड्काले केही दिनअघिको भेटमा सभापति र उपसभापतिलाई भएको कुरा सुनाए, ‘तर, पार्टी मिलाउने कि फुटाउने तपाईहरूको जिम्मामा छ भनेको छु।’

    अदालतले जिताएपछि आफूहरूले पनि सभापति मानेको उल्लेख गरे। भेटमा थापालाई सिंगो कांग्रेसको सभापति बन्न सुझाव दिएको उनले बताए।पूर्वकार्यवहाक सभापति खड्काले विशेष महाधिवेशनका कारणले कांग्रेस प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिएको जिकिर गरे।

    ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो,’ खड्काले भने, ‘त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो।’

    images
    प्रकाशित मिति :जेठ २ २०८३ शनिवार - १७:०८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij