Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

महावीर पुनलाई अभिव्यक्ति सच्याउन राहत शिक्षकको चेतावनी

महावीर पुनलाई अभिव्यक्ति सच्याउन राहत शिक्षकको चेतावनी


  • 1.5K
    Shares

    महावीर पुनलाई अभिव्यक्ति सच्याउन राहत शिक्षकको चेतावनी
    images

    काठमाडौं । राहत शिक्षकहरूले प्रतिनिधि सभा सदस्य महावीर पुनले राहत शिक्षकका बारेमा वैशाख ३० गते प्रतिनिधिसभामा दिएको अभिव्यक्ति तथ्यहीन, अशोभनीय र खेदजनक रहेको भन्दै सच्चाउन चेतावनी दिएका छन् । 

    नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव डम्बर राईले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद पुनलाई आफ्नो अभिव्यक्ति सच्याउन भनेका हुन् । 

    ‘२०८३ वैशाख ३० गते बसेको सङ्घीय प्रतिनिधिसभाको बैठकमा सम्मानित सदनलाई सम्बोधन गर्ने क्रममा मा।महावीर पुनले राहत शिक्षकको सन्दर्भमा दिनुभएको अभिव्यक्ति अत्यन्त तथ्यहीन, अशोभनीय र खेदजनक रहेको साथै त्यस अभिव्यक्तिले आम राहत शिक्षकको आत्मसम्मानमा गहिरो चोट पुगेको छ’, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    अन्यथा,अभिव्यक्तिको कारण पर्ने नकारात्मक प्रभावको जिम्मा सम्बन्धित पुनकै हुने चेतावनी समेत विज्ञप्तिमा उल्लेख छ ।  

    668865170_1669403287729103_1466274224298227120_n_osxYvEPm7l.jpg

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १७:३३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij