Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा सामान्य वृद्धि

नेप्सेमा सामान्य वृद्धि


  • 4.9K
    Shares

    नेप्सेमा सामान्य वृद्धि
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १.७७ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । 

    आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ ।

    ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

    यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मोदी इनर्जीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको यूनियन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १४.७९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ६ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावरको ११ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    share.JPG

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १५:३२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij