Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

आज ‍(बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण (सूचीसहित)

आज ‍(बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण (सूचीसहित)


  • 309
    Shares

    आज ‍(बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण (सूचीसहित)

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ‍(बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज केही तरकारीको भाउ थोरै तलमाथि हुँदा  धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। च्याउ, भन्टासहितका तरकारीको भाउ भने घटेको छ।

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ६४, रातो आलु  लाम्चो २५, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३७, लोकल गाँजर ५२, लोकल बन्दा ३०, स्थानीय काउली ५४, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी १०७, लौका ४३, घिरौँला ९५, लोकल परबल ७५, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, कन्य च्याउ १८५, डल्ले च्याउ ३९५, कुरिलो ३५०, ब्रोकाउली १२० रुपैयाँ प्रतिकिलो छ।

    कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ६५, रातो आलु  लाम्चो २५, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३८, लोकल गाँजर ५२, लोकल बन्दा ३०, स्थानीय काउली ५६, लाम्चो भन्टा ६०, डल्ले भन्टा ६७, हाइब्रिड मुला १६ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तनेबोडी १०६, लौका ५५, घिरौँला ९०, लोकल परबल ७५, हरियो डल्ले फर्सी ४२, पाकेको फर्सी ५५, कन्य च्याउ २०७, डल्ले च्याउ ४२७, कुरिलो ४००, ब्रोकाउली १२८ रुपैयाँ प्रतिकिलो थियो।

    हेर्नुहोस् तआजको मूल्यसूची
     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - ०८:३१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij