Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला (सूचनासहित)

काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला (सूचनासहित)


  • 386
    Shares

    काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला (सूचनासहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३र०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

    महानगरपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिनेछ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ ।

    विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन पोर्टल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा २०८३ साल जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जानकारी दिइएको छ ।

    यसैबीच, विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - ०७:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij