Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘डीडीसी’का कर्मचारीले सित्तैमा खान्छन् वार्षिक ७८ लाखको दूध–घिउ, तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

‘डीडीसी’का कर्मचारीले सित्तैमा खान्छन् वार्षिक ७८ लाखको दूध–घिउ, तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन


  • 1.0K
    Shares

    ‘डीडीसी’का कर्मचारीले सित्तैमा खान्छन् वार्षिक ७८ लाखको दूध–घिउ, तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन
    images

    काठमाडौं ।  कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएकी छन् ।

    आज यहाँ आयोजित छलफलमा उनले कर्मचारीहरूले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गुनासो आएको भन्दै सो कार्य तत्काल रोक्न निर्देशन दिएकी हुन्। 

    मन्त्री चौधरीको निर्देशन कार्यान्वयनपछि संस्थानको वार्षिक रु ७८ लाख जोगिने उनको सचिवालयले जनाएको छ ।  

    ‘संस्थान घाटामा छ । किसानले भुक्तानीलगायत समस्या भोगिरहेका छन्, तर कर्मचारीले वार्षिक लाखौँ रकमको दूध र घिउ सित्तैमा लिने कुरा राम्रो होइन । त्यसैले यस्तो कार्य तत्काल रोकौँ, संस्थानको हितका लागि गम्भीर भएर काम गरिनुपर्छ’, निर्देशनका क्रममा मन्त्री चौधरीले भनिन्।

    कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - २१:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij