Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

‘मकै बारी दराम दराम’की गायिका ठकुरीले पास गरिन् एसइई

‘मकै बारी दराम दराम’की गायिका ठकुरीले पास गरिन् एसइई


  • 673
    Shares

    ‘मकै बारी दराम दराम’की गायिका ठकुरीले पास गरिन् एसइई

    काठमाडौं । ‘मकै बारी दराम दराम’की लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी उनले ३.२५ जीपीए (ए ग्रेड) ल्याएर पास भएकी हुन् ।

    सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यो खुसी कल्पनाभन्दा बाहिरको भएको बताएकी छन् ।

    काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलबाट अध्ययन गरी कपनको दीक्षालय स्कुलमा परीक्षा दिएकी सुष्माले १४ वर्षको अन्तरालपछि पुनः कलम समातेर सफलता प्राप्त गरेकी छन् ।

    २०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा ‘भागी विवाह’ गरेकोले गर्दा पढाई अगाडि बढाउन नपाएकी उनले अहिले भने अध्ययन अगाडि बढाइरहेकी छन् । 

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १७:५६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij