२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको हो।
कम्पनीको कुल दाबी भुक्तानी १८.७७ प्रतिशतले बढेर ३ अर्ब २ करोड ५९ लाख रुपैयाँ पुगेको छ। कुल खर्च १०.९९ प्रतिशतले बढेको देखिन्छ। कम्पनीको अभिकर्ता कमिसन खर्च ९४.९६ प्रतिशतले बढेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले २ लाख १ हजार ८३८ वटा बीमालेख जारी गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ३२ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १९ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो। मूल्य आम्दानी अनुपात ८९.६३ गुणा कायम भएको छ।
कम्पनीको बीमा कोषमा ११.२१ प्रतिशतको सुधार भई ७ अर्ब ४३ करोड पुगेको छ भने नेट अर्न्ड प्रिमियम पनि १४.०९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ। महाविपत्ति जगेडामा पनि ६.२४ प्रतिशतको वृद्धि भई २२ करोड ६७ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीको रिटेन्ड अर्निङमा ५९.३८ प्रतिशतको गिरावट देखिएको छ, जुन गत वर्ष ४६ करोड ३२ लाख रहेकोमा अहिले १८ करोड ८१ लाखमा खुम्चिएको छ। कर्जाबाट हुने आम्दानीमा पनि ३६.६१ प्रतिशतको ह्रास आई १८ करोड ३९ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी रुपैयाँले घटेर ६.७७ रुपैयाँमा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij