Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

आइएमई खल्तीले सार्वजनिक गर्यो सुपर वालेट सुविधा

आइएमई खल्तीले सार्वजनिक गर्यो सुपर वालेट सुविधा


  • 547
    Shares

    आइएमई खल्तीले सार्वजनिक गर्यो सुपर वालेट सुविधा

    काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो । प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्दछ। यससँगै खल्ती नेपालमा नियो बैंकिङ युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ।

    यसअघि यो ब्याज सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो। तर अब यो सीमा हटाउँदै खल्तीले आफ्ना सम्पूर्ण केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि सुपर वालेटको सुविधा विस्तार गरेको छ। यससँगै खल्ती वालेट अब केवल भुक्तानी गर्ने माध्यम मात्र नभई प्रयोगकर्ताको एक आधुनिक बचत उपकरणका रूपमा परिणत भएको छ।

    सुपर वालेटको विशेषता र फाइदाहरूः 
    आकर्षक ब्याजदरः हाल वार्षिक २.७५ प्रतिशतका दरले ब्याज प्रदान गरिने र यो दर साझेदार बैंकद्वारा निर्धारित मानक ब्याजदरमा आधारित रहेको हुनाले मासिक रूपमा परिवर्तन हुन सक्ने।

    स्वचालित ब्याजः सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको मौज्दातमा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः वालेटमा जम्मा हुने।

    सरल डिजिटल प्रक्रियास् कुनै बैंक भ्रमण वा झन्झटिलो कागजी प्रक्रिया बिना नै खल्ती एपबाटै यो सुविधा तुरुन्त सुचारु गर्न सकिने।

    सुपर वालेट सक्रिय गर्न आवश्यक योग्यताः
    यो सुविधा प्राप्त गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ र निम्नमध्ये कुनै एक सर्त पूरा गरेको हुनुपर्नेछः

    केवाईसी प्रमाणित भई कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको, वा केवाईसी प्रमाणित भई वालेटमा Overnight Balance रु १,००० कायम गरेको। (यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध छः पीओएस र मर्चेन्ट खाताहरू यसका लागि योग्य हुने छैनन्।)

    कसरी आवेदन दिने?
    प्रयोगकर्ताहरूले खल्ती एपको होम स्क्रिनमा रहेको सुपर वालेट सेक्सनमा गई एप्लाई बटनमा ट्याप गरेर सहजै आवेदन दिन सक्नेछन्। आवेदन दिएको भोलिपल्ट बिहानसम्ममा सुपर वालेट सक्रिय हुनेछ। साविकका आइएमई पे प्रयोगकर्ताहरूको हकमा यो सुविधा पहिले नै सक्रिय रहेकाले उनीहरूले पुनः आवेदन दिनु पर्ने छैन।  

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १५:४०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij