Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

५ राजमार्गमा यातायात प्रभावित, बीपी राजमार्गसहित दुई खण्ड पूर्ण रूपमा बन्द

५ राजमार्गमा यातायात प्रभावित, बीपी राजमार्गसहित दुई खण्ड पूर्ण रूपमा बन्द


  • 750
    Shares

    ५ राजमार्गमा यातायात प्रभावित, बीपी राजमार्गसहित दुई खण्ड पूर्ण रूपमा बन्द

    काठमाडौं । मुलुकका विभिन्न ५ राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको अपराह्न साढे १ बजेसम्मको तथ्यांक अनुसार दुई सडक खण्डमा यातायात बन्द छ भने तीन खण्डमा एकतर्फी यातायात चलिरहेको छ ।

    बीपी राजमार्गको काभ्रेस्थित खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बेनी-जोमसोम सडक खण्डको म्यादीस्थित अन्नपूर्ण गाउँपालिका-३ जलथलेमा यातायात एकतर्फी सञ्चालनमा रहेको छ ।

    त्यस्तै, बाढीका कारण मध्यपहाडी लोकमार्गको भोजपुर नगरपालिका-५ बोखिममा एकतर्फी सडक खुलेको छ । कोशी राजमार्गको संखुवासभा जिल्लास्थित मकालु गाउँपालिका-३ नयाँबस्तीमा पहिरोका कारण सडक एकतर्फी छ । हिल्सा-सिमकोट सडक खण्डको नाम्खा गाउँपालिका-२ मा समेत यातायात बन्द छ ।

    yatayat.jpg

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १४:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij