२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । मञ्जुश्री फाइनान्सले २३ दशमलव ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको आइतवार बसेको सञ्चालक समिति बैठकले गत आवको मुनाफाबाट १८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।
गत वर्ष कम्पनीले ९ दशमलव ८ प्रतिशत नगद लाभांश र १ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।हाल कम्पनीको चुक्तापूँजी रू ८१ करोड ८१ लाख ३१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij