Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जसपा विवाद : उपेन्द्र समूहले सोध्यो महन्थसहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

जसपा विवाद : उपेन्द्र समूहले सोध्यो महन्थसहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)


  • 5.5K
    Shares

    जसपा विवाद : उपेन्द्र समूहले सोध्यो महन्थसहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

    जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका ४ नेतालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

    शनिबार जसपा अध्यक्ष महन्थ ठाकुर। नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । 

    केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको नामबाट नेताहरुलाई पत्र प्रेषित गरिएको छ।  सम्बन्धित नेताहरुले यही जेठ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुर पक्षका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    त्यसपछि ११ जसपा अध्यक्ष उपेन्द्र यादवले गते ३ दिनको समय दिएर ठाकुर, महतो, शुक्ला र कर्णलाई स्पष्टीकरण सोधेका थिए । 

    तोकिएको समयमा स्पष्टीकरण नआएको भन्दै आगामी २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टिकरण लिई आउन भन्दै निर्देशन दिइएको छ ।  म्याद भित्र चित्त बुझो र  सन्तोष  जनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धि ऐन  र जनता समाजवादी पार्टीको अन्तरिम विधान बमोजिम पार्टीबाटै  निष्काशन गर्ने चेतावनी दिइएको छ।

    ११ गते नै ठाकुरले पनि उपेन्द्र यादव र उनी पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेका थिए । 

    188300151_541432217266159_2187307981997262689_n_U1XTAfUegQ.jpg

     

    sarbendra nath sukla.jpglaxman lal karn.jpgrajendra mahato.jpg

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - १५:३४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij