Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री र राष्ट्रपतिको संस्कार गणतन्त्रअनुकूल नहुँदा देशले दुष्परीणाम भोग्नुपरिरहेछ : सभापति देउवा

प्रधानमन्त्री र राष्ट्रपतिको संस्कार गणतन्त्रअनुकूल नहुँदा देशले दुष्परीणाम भोग्नुपरिरहेछ : सभापति देउवा


  • 6.7K
    Shares

    प्रधानमन्त्री र राष्ट्रपतिको संस्कार गणतन्त्रअनुकूल नहुँदा  देशले दुष्परीणाम भोग्नुपरिरहेछ : सभापति देउवा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिको संस्कार र व्यवहारमाथि प्रश्न उठाएका छन् । गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रवाह गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

    उनले भनेका छन्-“कुनैपनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताकोलागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको विषय बन्दछ र बन्नुपर्दछ । देशको राष्टपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदअनुकुलको बन्न नसक्दा त्यसको दुष्परीणाम देशले भोग्नुपर्ने हुन्छ । र, आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चूनौति पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपिल गर्दछु ।”

    देउवाले अहिले कोभिड महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको तर सरकार भने जनताको जीवनप्रति सर्वथा उदासिन भएको पनि टिप्पणी गरेका छन् ।

    kkk.jpg

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - १०:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij